
वैशाख २३, दैलेख
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गुराँस गाउँपालिकाले ६ संकल्प सहित घोषणापत्र सार्वजनिक गरेको छ । गुराँस गाउँपालिकामा एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् ।
‘हामी शासक होइन जनताको सेवक हुनेछांै, हामी सामाजिक जागरण र विकासका अभियान्ता हुने छाँै, हामीले नेतृत्व गरेको गुराँस गाउँपालिका सुशासनको नमूना बन्ने छ, हामीले सदाचारका दृष्टान्त स्थापना गर्ने छाँै र सबै प्रकारका आग्रह पूर्वाग्रह बिना कार्यसम्पादन गर्ने छौँ, हामीले कुनै भ्रष्टचार गर्ने छैनौ र कर्डाइका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने छौँ र हमी भ्रष्टाचारी व्यभीचारी अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानूनी कार्बाहीको दायरामा पु¥याउन अग्रनी भूमिका खेल्ने छौँ ।’ भन्ने ६ वटा संकल्प गरिएको छ ।
एमाले गुराँसको घोषणा पत्रमा गाउँपालिकाको प्रशासनिक भवन अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री निर्माण गर्ने, एक गाउँ एक उत्पादन, एक सिंचाइ पोखरी र टनेल, एक वडा एक बहुउद्देशीय नर्सरी र एक वडा एक कृषि हाटबजार तथा संकलन केन्द्र स्थापनादेखि पालिका स्तरमा कुनै पनि क्षेत्रमा बिशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान तथा बिशेष कार्यक्रम संचालन गर्ने उल्लेख छ । खेती योग्य जमिनको उचित व्यवस्थापन र बाँझो जमिनलाई रोजगारमुलक भू–उपयोग नीति अवलम्बन गरिने, कृषि तथा पशुपालन क्षेत्रको सबै पक्षमा कृषि वीमा अभियान सञ्चालन गरि जोखिम कम गरिने, उत्पादित बस्तुको उचित मूल्य प्राप्त गर्न सितभण्डारको निर्माण र दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिने, कृषि तथा पशुपालन हाटबजार संचालन गरिने , पर्यटन सूचनाकेन्द्र पर्यटन संग्राहलय पर्यटन कोशेलीघरको स्थापना गरी स्थानीय रैथाने उत्पादनको बजारीकरण गरिने, तल्लो डुङ्गेश्वर देखि खुर्सानीबारी क्षेत्रमा ¥याफ्टीङ्ग र लेकसाईटमा प्याराग्लाईडिङ्गको लागि निजी क्षेत्रसँग साझेदारीमा काम संचालन गरिने, एक युवा एक सीप एक घर एक व्यवसाय अर्थात एक व्यक्ति एक पेशा एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी कृषि उपज संकलन प्रशोधन बजारीकरणको व्यवस्था गरिने, सामुहिक आवास सामुहिक खेती तथा सहकारी क्षेत्रलाई बिषेश जोड गरिने, गुराँस गाउँपालिकामा रहेका खनिज साधन तथा प्राकृतिक श्रोतसाधनको उपयोग सम्बन्धी स्पष्ट नीति बनाई व्यवस्थित गरिने, सार्वजनिक तथा नीजि बाझोजग्गा भूमि बैकिङ्गको माध्यमबाट उपयोग नीती ल्याई रोजगारी सृजना गरिने, माथिल्लो कर्णाली जलविद्युत आयोजनामा शेयर लगानी मागगरी त्यसक्षेत्रमा सृजनाहुने रोजगारीमा सहभागिताको लागि पहल गरिने, प्रत्येक वडा कार्यालयसम्म सडक स्तरोन्नती गरिने लगायतका प्रतिवद्धताहरु छन् ।










