भूमिहीन तथा गरिवका लागि एमालेको सरकारः शर्मा

दैलेखः नेकपा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले भूमिहीन तथा गरिबका लागि एमालेको सरकार अनिवार्य रहेको बताए ।
एमालेको सरकारका पालामा भूमि समस्या समाधान आयोग गठन गरेरे जनताका समस्या समाधान गर्न लाग्दा विभिन्न बखेडा जिग्दै जनताको खुसी नचाहने तत्वले बिभिन्न एमालेको सरकार ढालेको बताएका हुन् ।
उनले काँग्रेससँग कुनै पनि विचार नभएको र पैसामा कसैले पनि विचार बेच्नु नहुने धारणा व्यक्त गरे । शर्माले एमाले विचारमा बलियो र जनताका लागि भएकाले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई भोट दिएर जिताउँनु पर्ने बताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख तथा एमाले दैलेखका नेता प्रेमबहादुर थापाले नारायणमा दुई एमालेको लालकिल्ला भएको बताउदै नारायण २ का जनताले नातावाद, कृपावाद भन्दा पनि सूर्यमा मतदान गर्नुपर्ने बताए । उनले भने, ‘हामीले व्यतिm होइन एमाले हेर्ने हो सूर्य हेर्ने हो, सबैले देशको विकासका लागि एमालेलाई बहुमतका साथ जिताउनु पर्छ ।,
यस्तै, नारायण नगरपालिकामा एमालेबाट नगर प्रमुखका उम्मेदवार रहेका लोमन शर्माले एमालेले नारायणामा निर्वाचन जितेको खण्डमा यहाँका जनताका सम्पूर्ण दैनिक समास्या समाधान गर्न आफु नचुक्ने बताए ।
उमप्रमुका उम्मेदवार तप्ता थापाले नारायणाको विकासका लागि एमालेको सरकार अनिवार्य रहेको बतनइन् । उनले दैलेखलाई एमालेमय बनाउनु पर्ने धारण व्यक्त गरिन । ‘एमालेले नारायणमा जितिसकेको छ, घोषण गर्न मात्र बाँकी हो, पैसामा विचार किन्नेहरुबाट मतदाता सजक हुनु पर्छ, उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार