मेयरका उम्मेदवारको गाडीमा आगजनी


दैलेखः दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । बडुवालले बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी सोमबार बिहान साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको जानकारी दिए ।
गाडी आठविस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो । आगजनीका वेला चालक गाडीभित्रै सुतिरहेको थिए । टायरमा आगो लागेको थाहा पाएपछि उनले तत्काल गाडी चलाएर नजिकै रहेको खोलामा पु¥याएका थिए । तत्काल आगो निभाएकाले क्षति भने नभएको बडुवालले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार