नारायणमा श्रम बैङ्क बनाउँछौँ , युवालाई गाउँमै रोक्छौँ, खानेपानी निःशुल्क गर्छौः नारायण नगर प्रमुखका उम्मेदवार लोमन शर्मा (भिडियो सहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको नगर प्रमुख पदका उम्मेदवार लोमन शर्माले नारायणलाई सुशासनमा अब्बल नगरपालिका बनाउने बताएका छन् । नारायणमा श्रम बैक बैक स्थापना गर्छौ, युवालाई गाउँमै रोक्छौँ, खानेपानी निःशुल्क गर्छौ, सुखी नगरवासी र समृद्ध नगरपालिका बनाउँछौँ । शर्माले भने, जनताको चाहना अनुसार काम गर्र्छांै
हाम्रो ध्येय भनेको खुसी नगर वासी समृद्ध नगर हो, एक घर एक धाराको अवधारणालाई आत्मसाथ गर्दै लैजाने प्रतिबद्धता गरेका छौँ, उनले भने ।
उनले नारायणमा सञ्चालन भइरहेको खानेपानीको शुल्क महँगो भएकाले सर्वसाधारण जनताका लागि नगरले रकम विनियोजन गर्ने बताए । शर्माले जनताले खाने पानीमा हाल तिर्दै आएको शुल्कमा छुट गरिने बताए ।
थप कुराकानी भिडियोमा

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार