दैलेखका ११ वटै स्थानीय तहमा मतगणना सुरु ९० वडा मध्ये ५ वडाको मतगणना सार्वजनिक


दैलेख बैशाख ३१ ।
दैलेखका ११ वटै पालिकामा शान्ती पूर्ण मतदान सकिए लगत्तै मतगणना सुरु भई सकेको छ । हाल सम्म ९० वडा मध्ये ५ वडाको मतगणनाको नतिजा सार्वजनिक भईसकेको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रबाट गठबन्धनमा उम्मदेवारी दिएका रानाले ७ सय ८१ मतप्राप्त गरेकाछन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लोक बहादुर डाँगीले ५ सय २४ मत प्राप्त गरेका छन् ।
उक्त वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन रहेको थियो । वडामा वडाध्यक्ष राना सहित प्यानल नै विजयी भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ।
दैलेखको नौमुले १ र २ मा कांग्रेसका उम्मेदवार विजयी
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। वडानम्बर १ को वडा ध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्षपदमा दुर्गप्रसाद न्यौपाने विजयी भएकाहुन्।
वडानम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मतप्राप्त गरेका छन् । त्यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मतप्राप्त गरेका छन्।
वडा नम्बर २ माविजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४८२ मत प्राप्त गर्दै विजयी भएका हुन। एमालेका उम्मेदवारले ४०५ र माओवादी केन्द्रका उम्मेदवारले ३११ मत प्राप्त गरेका छन् ।
दैलेखको महावु १ मा एमालेका सर्वराज सार्की विजयी
दैलेखको महावु गाउँपालिका १ को वडा अध्यक्ष पदमा एमालेका सर्वराज सार्की विजयी भएकाछन् । उनले ६९२ मत ल्याएर विजयी भएका हुन । नेपाली काँग्रेसका सूर्यराम साउतले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगन बहादुर थापाले ११ मत ल्याएर पराजितभएका छन् ।
खुला वडा सदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलितमहिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् ।
महावु गाउँपालिकाको अध्यक्षपदमा भने नेकपा एमालेले अग्रतालिएको छ । एमालेले ७३०, काँग्रेसले ३५३ मतल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र काँग्रेस ५७६ मत ल्याउदै पछ्याई रहेको छ ।
दैलेखका गुराँस गाउँपालिका १ मा नेपाली काँग्रेसका उम्मेदवारले बिजयी भएका छन् । आधिकारीक विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार