
दैलेख ः दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पद सँगै सवै सदस्य पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार डम्मर बहादुर कार्कीले ७ सय ५ मत ल्याएर विजय भएका हुन् ।
प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हिक्मत बहादुर थापाले ४ सय ५८, माओवादी केन्द्रका मानबहादुर थापाले १० मत प्राप्त गरेका छन् । वडा अध्यक्ष सँगै सवै सदस्य विजयी भएका छन् ।
एमालेको अग्रता कायमै
भैरवी गाउँपालिकाअध्यक्ष पदमा एमालेकोअग्रता कायमै रहेको छ । एमालेका तर्फबाट गाउँपालिकाअध्यक्षका उम्मेदवार सर्वराज महतराले ८ सय ५५ मत प्राप्तगरेका छन् । काँग्रेसका उम्मेदवार रिता शाहिले ३ सय ७५ मतप्राप्त गरेकी छन् ।
गाउँपालिका उपाध्यक्ष मा पनिएमाले काउम्मेदवार पदमकुमारी विष्टको अग्रता कायम रहेको छ । विष्टले ६ सय ९७ मत प्राप्त गरेकी छन् । नेपाली काँग्रेसका देवी भण्डारीले ३ सय ७५ र माओवादी केन्द्रका ऐनबहादुर कठायतले ३९ मत प्राप्त गरेको निर्वाचनअधिकृत चन्द्रदेव भारतीले बताएका छन् । भैरवी गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएको छैन् ।










