
दैलेख ः दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली काँग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् ।
एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन । काँग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ ।
गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ ।
गाउँपालिका उपाध्यक्षमा एमालेका शिवाकुमारी खड्काले ४६९८ मत प्राप्त गर्दै विजयी भएकी छन् । काँग्रेसका उम्मेदवार दिपा बिसीले ४११८ मत ल्याउँदै पराजित भएकी हुन् ।
यस्तै, ८ वडा रहेको गुराँस गाउँपालिकामा ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य २ वडामा नेपाली काँग्रेसका उम्मेदवारले जित हात पारेको जनाइएको छ ।
वडा नम्बर १ मा अध्यक्ष – धर्म बहादुर रावल (नेपाली काँग्रेस)
वडा नम्बर २ मा अध्यक्ष – शेर बहादुर रावल (नेपाली काँग्रेस)
वडा नम्बर ३ मा अध्यक्ष – काशिराम शर्मा (एमाले)
वडा नम्बर ४ मा अध्यक्ष – खड्क बहादुर शाही (एमाले)
वडा नम्बर ५ मा अध्यक्ष – भुपेन्द्र चन्द (एमाले)
वडा नम्बर ६ मा अध्यक्ष – चन्द्र बहादुर राना (एमाले)
वडा नम्बर ७ मा अध्यक्ष – नन्द वि.सी. (एमाले)
वडा नम्बर ८ मा अध्यक्ष – दिपेन्द्र ओली (एमाले)










