चामुण्डामा काँग्रेसका शाही विजयी

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गणेशबहादुर शाही विजयी भएका छन् । शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् ।
नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त गर्दै विजयी भएका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । एमालेका सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै नगर प्रमुखमा पराजित भएका छन् ।
यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका मनसरा कुमारी शर्मा विजयी भएकी छन् । शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै उपप्रमुखमा विजयी भएकी छन् भने एमालेका नन्दाकुमारी विष्टले ३ हजार ९ सय ९६ मत प्राप्त गरी पराजित भएकी हुन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रमुख÷उपप्रमुखमा एमालेले जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार