
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस (नेकपा–माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।
ढकालले गठबन्धनका तर्फबाट कांगे्रसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५ सय ४४ मत अन्तरले पराजित गरेका हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४ सय ८४ मत प्राप्त गरे ।
उपप्रमुखमा विजयी खनालले २० हजार ३ सय ६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५ सय ३३ मत प्राप्त गरे । कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व कांगे्रसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा कांगे्रस र उपप्रमुखमा एमाले विजयी भएका थिए । यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो मत ल्याएको छ । उक्त पार्टीका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार छ र उपप्रमुख पदका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ६ सय ९७ मत प्राप्त गरे ।










