दैलेखका ११ पालिका प्रमुखको सपथ ग्रहण नारायणमा विजयी सबै उम्मेदवारले लिए सपथ


जेष्ठ ५, दैलेख
दैलेखका ११ वटा स्थानीय तहमा विजयी प्रमुखहरुले सदरमुकाम दैलेख बजारमा सपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले निर्वाचित सवै पालिका प्रमुखहरुलाई सपथ ग्रहण गराएका छन् ।
दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले सपथ लिएसँगै नगर उपप्रमुख तप्ता कुमारी थापालाई सपथ खुवाएका छन् भने अन्य ११ वटै वडाका वडा अध्यक्ष र अन्य निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
दैलेखका ११ पालिकाहरु मध्ये नेपाली काँग्रेसले ५, नेकपा एमालेले ४ र नेकपा माओवादी केन्द्रले २ पालिका विजयी भएको छ ।
विजयी भएका पालिका प्रमुखहरुले उपप्रमुख र अन्य निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई आ–आफ्नै पालिकामा पुगेर सपथ ग्रहण गराउने तयारी भएको छ ।
निर्वाचित भएका पालिका र पालिका प्रमुखहरुको बिवरण ।
१. नारायण नगरपालिका
नगर प्रमुखः लोमन शर्मा (नेकपा एमाले)
नगर उपप्रमुखः तप्ता थापा (नेकपा एमाले)
२. दुल्लू नगरपालिका
नगरप्रमुख ः भरत रिजाल (नेपाली काँग्रेस)
नगर उपप्रमुखः विना कार्की (नेकपा एमाले)
३. आठबिस नगरपालिका
नगर प्रमुखः तर्क बडुवाल (नेकपा एमाले)
नगर उपप्रमुखः कल्पना थापा (नेकपा एमाले)
४.चामुण्डाबिन्द्रासैनी नगरपालिका
नगर प्रमुख ः गणेशबहादुर शाही (नेपाली काँग्रेस)
नगर उपप्रमुखः मनसरा शर्मा (नेपाली काँग्रेस)
५. गुराँस गाउँपालिका
अध्यक्षः टोप बिसी (नेकपा एमाले)
उपाध्यक्षः शिवाकुमारी खड्का (नेकपा एमाले)
६. महाबु गाउँपालिका
अध्यक्षः लछुमन गुरुङ (नेपाली काँग्रेस)
उपाध्यक्षः मञ्जु पाण्डे (नेपाली काँग्रेस)
७. ठाँटीकाँध गाउँपालिका
अध्यक्षः रक्षबहादुर शाही (नेपाली काँग्रेस)
उपाध्यक्षः देवीराम बडुवाल (नेकपा एमाले)
८. भगवतीमाई गाउँपालिका
अध्यक्षः गणेश थापा (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः मिना थापा खड्का (नेपाली काँग्रेस)
९. डुङ्गेश्वर गाउँपालिका
अध्यक्षः सुन्दर केसी (नेकपा एमाले)
उपाध्यक्ष ः कलावती न्यौपाने (नेकपा एमाले)
१०. भैरवी गाउँपालिका
अध्यक्षः रिता शाही (नेपाली काँग्रेस)
उपाध्यक्षः देवी भण्डारी (नेपाली काँग्रेस)
११. नौमूले गाउँपालिका
अध्यक्षः छवी सुवेदी (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः गंगबहादुर शाही (एकीकृत समाजवादी)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार