पाँच वर्षमा जनताको हितमा काम गरेका छौँः खड्का

दैलेखः दैलेखको नारायण नगरपालिकाका निवर्तमान नगर प्रमुख रत्नबहादुर खड्काले पाँच वर्षको अवधिमा जनताको हितमा काम गरेका बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले आफुहरु ०७४ मा निर्वाचि भएर आउनु पहिले नारायणमा भएको विकासका धेरै मोडेलहरु परिवर्तन गरेको र दीर्घकालिन विकासको खाका तयार पारेको बताए ।
नगरपालिकाको समग्र विकासका लागि कार्यविधि, ऐन निर्माण गर्दै कृषहरुलाई उत्पादन सँग जोड्ने अभियान प्रभावकारी बनाएको, युवाहरुलाई पशुपालनमा अभिप्रेरित गर्न उन्नत भैसी, बाख्रा र कुखुरा वितरण प्रभावकारी बनाएको, दैलेखको महत्वपूर्ण पर्यटकीय गन्तब्य कोटीलामा मानव निर्मित तालको प्रारम्भिक कार्य पूरा गरी यसै वर्षबाट करिव ३ करोड बरावरको काम सुरु गरेको, दैलेख महावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक प्राथमिकतामा राखेर काम गरेको, विद्यालयको शैक्षिक क्षेत्र सुधारका लागि भौतिक पुर्वाधार सँगै शिक्षक दरबन्दीको व्यवस्थापन गरेको, कोरोना महामारिका बेलामा जनतालाई पिसिआर मेसिन जडान गरेर प्रभावकारी सेवा उपलब्ध गराएको लगायतका कामहरु आफ्नो कार्यकालमा भएको बताएका छन् ।
निर्वाचित भएर आउँदा सदरमुकाम दैलेख बजारको हिलाम्य सडक कालोपत्रे गर्ने देखि खानेपानीको सहज उपलब्धता लगायतका कामहरु आफ्नो कार्यकालमा सञ्चालन गरेको खड्काको भनाई छ ।
नागरिकहरुको आर्थिक अवस्था सुधारका लागि नगरपालिका सँगै अन्य दुई तहका सरकारबाट प्रदान गरिएको सेवा सुविधा जनताले प्रभावकारी रुपमा उपभोग र उपयोग गर्नुपर्ने खड्काको भनाई छ ।
हामीले राम्रो काम गरेकै कारण पुनः नेकपा एमालेलाई बहुमतको स्थानीय सरकार सञ्चालन गर्ने अधिकार जनताले प्रदान गरेका छन् । बाँकी रहेका प्रभावकारी कामहरु नयाँ जनप्रतिनिधिहरुले सम्पन्न गर्न आफुले पनि सघाउने खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार