
दैलेखः दैलेखको भैरवी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रीता शाहीले नागरिकको यातायात सहजताका लागि नगर बस सञ्चालन गर्ने निर्णय गरेकी छन् ।
उनले शुक्रवार गाउँपालिकाको अध्यक्ष पद ग्रहण गर्दै गाउँपालिका १ देखि ७ सम्मका नागरिकलाई गाउँपालिका केन्द्रसम्म सहज पहुँचका लागि दुई वटा नगर बस सञ्चालन गर्ने निर्णय गरेकी हुन् । गाउँपालिका भित्रका गर्भवती प्रसूति महिला तथा नवजात शिशुको अकालमा हुने मातृ मृत्युदर र शिशु मृत्युदरको जोखिम न्यूनिकरण गर्न गाउँपालिका भित्रका स्वास्थ्य चौकीको सुविधा अपर्याप्त भई बिरामीलाई बाहिर रिफर गरिएका सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने टिप्पणीमा उल्लेख गरेकी छन् ।










