सामाजिक सुरक्षा कार्यक्रम समावेश गरिने

दैलेखः दैलेखको गुराँस गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै विभिन्न पाँच वटा निर्णय गरेका छन् । शुक्रवार पदभार ग्रहण गरेका जनप्रतिनिधिहरुले एकल महिला घरमुली रहेको परिवारलाई स्वास्थ्य विमा लगायत गाउँपालिकामा सञ्चारको पहुँच विस्तारसम्मका पाँच वटा निर्णय गरेका हुन् ।
प्रदभर ग्रहण गर्दै जनप्रतिनिधिहरुले दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई पालिकाको तर्फबाट स्वास्थ्य वीमा लगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने । यसअघि प्रभु बैङ्कको रानीमत्तास्थित शाखा मार्फत् बृद्धभत्तासहितका सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकोमा अब सम्बन्धित वडाबाटै वितरण गर्न बैङ्कसँग समन्वय गर्ने निर्णय गरेका छन् ।
यस्तै, कक्षा १० जोड २ सञ्चालन भएका विद्यालयहरुमा वार्षिक परीक्षाको कार्यक्रम तय भैसकेको र उक्त परीक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा यथाशिघ्र फर्निचर व्यवस्थापन गर्ने र गाउँपालिकाको केन्द्र लगायत विभिन्न भागहरुमा दुरसञ्चार प्रदायक मोवाइल नेटवर्कको पहुँच नपुगेकाले दुरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी समस्या समाधान गर्ने निर्णय गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार