तलव भत्ता नलिने घोषणा

दैलेखः दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलव भत्ता नलिने घोषण गरेका छन् ।
शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै शुवेदीले आफु जनताको सेवक भएकाले गाउँपालिकाबाट आफुले पाउने तलव भत्ता नलिने घोषणा गरेका हुन् ।
अध्यक्ष सुवेदीले आफुले गाउँपालिकाबाट पाउने तलव र भत्ता अक्षकोषमा जम्मा गरेर द्धन्द्ध पीडित जेहेनदार गरिब बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्ने बताए ।
अध्यक्ष सुवेदी गत बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार