
दैलेखः दैलेखको नारायण नगरपालिका १ का वडा अध्यक्ष सन्देश कुमार श्रष्ठले नगरपालिका वडा नं.१ मा वसोवा सर्ने नागरिकको मृत्यु भएमा मृत्कका परिवारलाई १५ हजार सहयोग गर्ने निर्णय गरेका छन् ।
शुक्रबार वडा अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले नारायण नगरपालिका वडा नं. १ मा बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा मृतकको परिवारलाई १५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका हुन् ।
उनले आफुले वडाबाट पाउँने पारिश्रमिकको कोष स्थापना गरि आपतकालिन अवस्थामा खर्च गर्ने गरेका छन् ।










