कर्णालीका स्थानीय सरकारमा पूर्व–पत्रकार निर्वाचित

दैलेखः जाजरकोटका तीन जना पूर्व–पत्रकार स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाल प्रेस युनियनसँग आवद्ध रहिसकेका तथा नेपाल टेलिभिजनका जिल्ला सम्वाददाताका रुपमा काम गरेका बद्री पन्त नलगाड नगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् ।
नेपाल प्रेस सेन्टरसँग आवद्ध भइसकेका वसन्त प्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
त्यस्तै, दैलेख गुराँस गाउँपालिका ८ का दीपेन्द्र ओली पनि निर्वाचित भएका छन् । उनी जागरण एफ एममा कार्यरत थिए । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार