सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण

दैलेखः जिल्लाको महावु गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाट समाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
गाउँपालिकाले सोमबार एक प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नागरिकको सहजताका लागि सम्बन्धित लाभ ग्राहिहरुलाई गाउँपालिकाको भौगोलिक विकटताका कारण केन्द्रीय बैंकसँग समन्वय गरी वडाहरुबाट वितरण गरिने उल्लेख गरिएको छ ।
यस्तै, महाबु गाउँपालिका भित्र बसोवास गर्ने जेष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका र अशक्त असाय नागरिकको घर दैलोमा प्राथमिक तहको स्वास्थ्य उपचारको व्यवस्था गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार