सुशासनमा प्रतिबद्ध छौंः शर्मा


दैलेखः दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोम शर्माले नगरपालिका सुशासन मैत्री बनाउन निर्वाचित जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताएका छन् ।
नारायण नगरपालिकाको स्वास्थ्य क्षेत्रमा भएको सुशासनका औजारहरुको बारेमा गरिएको अध्ययनको नजिता सार्वजनिक तथा अनुभव आदानप्रादन कार्यक्रममा बोल्दै शर्माले नगरपालिकाका जनताको स्वास्थ्य क्षेत्रमा आफुहरु प्रभावकारी काम गर्ने बताएका छन् ।
शर्माले स्वास्थ्य क्षेत्रमा प्रभावकारी बजेट बिनियोजन गरेर जनताको स्वास्थ्य सुधारका लागि काम गर्ने बताएका छन् ।
प्याक्ट नेपालको आयोजनामा गरिएको छलफल कार्यक्रममा बोल्दै सहभागिहरुले नगरपालिकाले सार्वजनिक सुनुवाईका कामह प्रभावकारी रुपमा सञ्चालन नगरेको, विकास गतिविधिहरुमा सामाजिक परीक्षणका कामहरु नभएको, योजनाको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।
स्वास्थ्य सेवा उपभोग गर्ने क्रममा सेवाग्राही र नागरिकहरुको दुरी बढ्दै गएकोले घटाउन सुझाव दिईएको छ, बजेट बिनियोजनमा प्रभावकारीता बढाउनुपने, स्थानीय सरकारले प्रभावकारी रुपमा बजेट बिनियोजन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने लगायतका बिषयहरुमा छलफल भएको प्याक्ट नेपालका प्राविधिक सल्लाहकार दुर्लभ बोगटीले जानकारी दिएका छन् । नव निर्वाचित जनप्रतिनिधिहरुले जनताप्रति जवाफदेहि बन्नुपर्ने, योजना तर्जुमाका सातवटा चरणहरु प्रभावकारी रुपमा पालना गर्नुपर्ने, स्थानीय सरकारले बनाउनुपर्ने कानुन र नीतिहरुमा ख्याल गर्दै, बनेका नीतिहरु कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार