४८ जनालाई झोलुङ्गे पुल निर्माण तालिम


दैलेखः दैलेखका ९ वटा स्थानीय तहका ४८ जनालाई झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । स्थानीय जनशक्तिको सदुपयोग गर्ने उद्देश्यले यस्तो तालिम प्रदान गरिएको हो । पूर्वाधार विकास कार्यालय दैलेखको आयोजना, ग्रामिण विकास सेवा केन्द्र दैलेखको साझेदारी हेल्भेटास नेपाल तथा कर्णालि प्रदेश सुर्खेतको सहयोगमा स्थानीय बासिन्दाहरुलाई तालिम प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०७९÷८० भित्र दैलेखका विभिन्न स्थानहरुमा निर्माण सुरु भएका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारी २ जना निर्माण आयोजनामा काम गरिरहेका दक्ष जनशक्ति २ जना गरेर ४८ जनालाई तालिम प्रदान गरिएको पूर्वाधार कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेखको आठविस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, नौमूले गाउँपालिका, भगवतिमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका , गुराँस गाउँपालिका र महावु गाउँपालिकाका विभिन्न स्थानमा निर्माण गरिने तयारी भएको साझेदार संस्था ग्रामिण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार