स्थानीय तहका प्रमुख / उपप्रमुख कुनमा कति मत बदर ?


जेठ १४, दैलेख
संघीयता पछि पहिलो पटक ०७४ मा भएका स्थानीय तहको निर्वाचनमा भन्दा ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखमा मतबदर संख्या बढेको पाइएको छ । ११ स्थानीयमा ०७४ को भन्दा यस पटकको निर्वाचनमा मत बदर संख्या बढेको छ ।
११ स्थानीय तह मध्ये यहाँको आठविस नगरपालिकाको प्रमुख पदमा भएको मतदानमा ७.४७ प्रतिशत मत बदर भएको छ । उत्त नगरपालिकामा प्रमुख पदका लागि १२ हजार ४८ मत खसेकामा ११ हजार १ सय ४८ मत मात्र सदर भएको हो ।
आठविस नगरपालिकामा उपप्रमुख पदमा ९.५२ प्रतिशत मत बदर भएको छ । खसेको १२ हजार ४८ मत मध्ये १० हजार ९ सय १ मत सदर भएको निर्वाचनको विवरणमा उल्लेख गरिएको छ । आठविस नगरपामलिकामा प्रमुख÷ उपप्रमुख पदमा जम्मा १२ हजार ४८ मत सेको थियो ।
गुराँस गाउँपालिकाको अध्यक्ष पदमा ४.९६ प्रतिशत मत बदर भएको छ । १३ हजार ४ सय ९२ कुल मतदाता संख्या रहेको गुराँसमा ९ हजार ९ सय ९३ मत खसेकामा ९ हजार ४ सय ९७ मत सदर भएको जनाइएको छ । उपाध्यक्ष पदमा ४.८७ प्रतिशति मतबदर भएको छ । कुल खसेको ९ हजार ९ सय ९३ मतमा ९ हजार ५ सय ६ मत सदर भएको हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुख पदमा ६.१३ प्रतिशत मत बदर भएको छ । कुल १० हजार ५ सय ५३ खसेको मतमा ९ हजार ९ सय ६ मत सदर भएको छ । यस्तै, चामुण्डा उपप्रमुख पदमा ८.८ प्रतिशत मत बदर भएको छ । कुल सकेको १० हजार ५ सय ४३ मत मध्ये ९ हजार ६ सय ९१ मत सदर भएको जनाइएको छ ।
ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष पदमा ६.६४ प्रतिशत मत बदर भएको पाइएको छ । जम्मा खसेको ७ हजार ३ सय २० मत मध्ये ६ हजार ८ सय ३४ मत सदर भएको निर्वाचनको विवरणमा उल्लेख गरिएको छ । यस्तै, ठाँटीकाँध उपाध्यक्ष पदमा ११.८ प्रतिशत मत बदर भएको छ । खसेको ७ हजार ३ सय २० मत मध्ये ६ हजार ५ सय ९ मत सदर भएको हो ।
डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष पदमा ५.७७ प्रतिशत मत बदर भएको छ । खसेको जम्मा ७ हजार ३ सय ८९ मतमा ६ हजार ९ सय ६३ मत सदर भएको जनाइएको छ । डुङ्गेश्वर उपाध्यक्ष पदमा ५.६४ प्रतिशत मत बदर भएको छ । खसेको ७ हजार ३ सय ८९ मध्ये ६ हजार ९ सय ७२ मत सदर भएको हो ।
दुल्लू नगरपालिकाको प्रमुख पदमा ८.८८ प्रतिशत मत बदर भएको छ । जम्मा खसेको १७ हजार ५ सय २८ मत मध्ये १५ हजार ९ सय ७१ मत सदर भएको निर्वाचनका विवरणमा उल्लेख गरिएको छ । यस्तै, दुल्लू नगरपालिका उपप्रमुख पदमा १७.१३ प्रतिशत मतबदर भएको छ । खसेको १८ हजार ६१ मत मध्ये १४ हजार ९ सय ६७ मत सदर भएको जनाइएको छ । नारायण नगरपालिकाको प्रमुख पदमा ८.४ प्रतिशत मत बदर भएको छ । कुल खसेको १२ हजार २ सय ४० मत मध्ये ११ हजार २ सय ५६ मत सदर भएको छ । यस्तै, उपप्रमुखमा १८.६७ प्रतिशत मतबदर भएको छ । कुल खसेको १२ हजार २ सय ४० मध्ये ९ हजार ९ सय ५५ मत सदर भएको जनाइएको छ ।
यस्तै, नौमूले गाउँपालिकाको अध्यक्ष पदमा ८.२६ प्रतिशत मत बदर भएको छ । जम्मा खसेको ८ हजार ३ सय ५५ मत मध्ये ७ हजार ६ सय ६५ मत सदर भएको जनाइएको छ । नौमूले उपाध्यक्षमा १४.३४ प्रतिशत मत बदर भएको छ । जम्मा खसेको ८ हजार ३ सय ५५ मत मध्ये ७ हजार १ सय ५७ मत सदर भएको विवरणमा उल्लेख गरिएको छ ।
भगवतिमाई गाउँपालिका अध्यक्ष पदमा ७.८७ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ । कुल खसेको ७ हजार ६ सय ७४ मत मध्ये ७ हजार ७० मत सदर भएका छन् । यस्तै, उपाध्यक्ष पदमा ९.५२ प्रतिशत मतबदर भएको छ । कुल खसेको ७ हजार ६ सय ७६ मत मध्ये ६ हजार ९ सय ४५ मत सदर भएका जनाइएको छ ।
यस्तै, भैरवी गाउँपालिका अध्यक्ष पदमा १०.७३ प्रतिशत मत बदर भएको छ । कूल खसेको ८ हजार ९ सय ८८ मत मध्ये ८ हजार २४ मत सदर भएका जनाइएको छ । भैरवी उपाध्यक्ष पदमा १०.३७ प्रतिशत मत बदर भएको छ । जम्मा खसेको ८ हजार ९ सय ८८ मत मध्ये ८ हजार ५६ मत सदर भएको निर्वाचनको विवरणमा उल्लेख गरिएको छ ।
महाबु गाउँपालिका अध्यक्ष पदमा ५.९१ प्रतिशत मत बदर भएको छ । जम्मा खसेको ८ हजार ३ सय ५६ मत मध्ये ७ हजार ८ सय ६२ मत सदर भएको जनाइएको छ । यस्तै, महाबु गाउँपालिका उपाध्यक्ष पदमा ८.५० प्रतिशत मत बदर भएको छ । जम्मा खसेको ८ हजार ३ सय ५६ मत मध्ये ७ हजार ६ सय ४६ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार