
जेठ १६, दैलेख
अखिल नेपाल महिला संघ दैलेखले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखमा गई प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल मार्फत संघले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत पछिल्लो समय बढ्दै गईरहेको हिंसापीडीतको संरक्षणका साथै प्रभावितलाई तत्काल क्षतिपूर्ति सहितको द्रुत न्याय प्रणालीमार्फत दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।
यस्तै, पेट्रोल, डिजेल, खाना पकाउने ग्यास लगाएत दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गरी सर्वसुलभ र सुपथ मूल्यमा पाउने व्यवस्था साथै कृतिम अभाव हुन नदिन, कालोबजारी र अनियमितता रोक्नका लागि तत्काल बजार अनुगमनको व्यवस्था गरी दोषी उपर कारबाही गर्न माग गरिएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
आर्थिक अवस्थामा सुधार हुनुको सट्टा दिन प्रतिदिन भ्रष्टचार र अनियमितता बढिरहेको, सत्ता गठबन्धन सरकारले पेट्रोल, डिजेल र खाना पकाउने ग्याँस तथा दैनिक उपभोग्य बस्तुको मूल्यमा दोब्बरले बृद्धि गर्दा सर्वसाधारण जनतालाई महंगिको मारमा पारेको भन्दै गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
यसैबीच कार्यस्थलमै हुने यौनजन्य दुव्र्यवहार, बलात्कारपछि हत्या जस्ता गम्भीर प्रकृतिका घटनाहरु उजागर भैरहदा बालिका, किशोरी र महिलाहरुको जीवनमा ठूलो प्रश्न चिन्ह खडा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पालिकाका प्रमुख उप–प्रमुखमा पुरुषलाई मात्र प्राथमिकतामा राखेको, बिगतको तुलनामा महिला जनप्रतिनिधिको संख्या घट्न पुगेको हँुदा यसले देशको राजनैतिक परिवर्तन र राष्ट्र निर्माणमा पु¥याएको योगदानको अबमूल्यन गरिएको ज्ञापनपत्र मार्फत जनाईएको छ ।
निर्वाचनमा गरिएका अनियमितता र भ्रष्ट्रचारलाई लुकाउन जनतामाथी महंगी र अव्यवस्था थोपार्न उद्धृत छ, ‘भएका कानूनको प्रभावकारी कार्यान्वयन हैन आफ्नो अनुकूलतामा कानून संशोधन गर्ने कुरामा सरकार व्यस्त छ ।’ जसबाट सामाजिक बिकृति बिसंगति, र हिंसाको श्रृङ्खला बढिरहेका छन । महिला बिरुद्ध भएका बलात्कार र यौनजन्य उजुरीका लागि राखिएको हदम्यादका कारण जघन्य अपराध बाहिर आउन नसक्दा अपराधिहरुले खुलेआम एक पछि अर्को यौनजन्य हिंसा गरिहेका छन ।
त्यसैले बलात्कार र यौनजन्य हिंसाको सम्बन्धमा हदम्याद हटाउन कानून संशोधन गर्न र हिंसापिडीतको संरक्षणका साथै प्रभावितलाई तत्काल क्षतिपूर्तिसहित (फास्ट ट्रयाक) प्रणालीमार्फत कारवाहिको दायरामा ल्याउन माग गर्दछ, अखिल नेपाल महिला संघ दैलेखका संयोजक तप्ता कुमारी थापाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।










