नारायणको पहिलो निर्णय खानेपानी महसुल मिनाह गर्न कार्यविधि तयार


जेठ १८, दैलेख
दैलेखको नारायण नगरपालिकाले खानेपानीको न्यूनतम शुल्क मिनाहका लागि कार्यविधि निर्माण गर्ने भएको छ । दैलेखको नारायण नगरपालिका नगर कार्यपालिकाको पहिलो निर्णय मतदातालाई धन्यवाद सँगै खानेपानी महसुल मिनाहाको लागि कार्यविधि तयार गर्ने निर्णय गरेको छ । आगामी आर्थिक बर्षदेखि शुल्क मिनाहा गर्नेबारे कार्यविधि तयार गर्ने निर्णय गरिएको नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
नगरपालिकाले विपन्न, गरिव र जेहेन्दार विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रबृद्धि कोष निर्माण गरेर आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरिएको वडा अध्यक्ष जनक न्यौपानेले जानकारी दिएका छन् । नगरपालिकाका जनताको विकास लगायतका अन्य सबै समस्याहरुको समाधानका लागि गुनासो सुनुवाई कार्यलाई प्रभावकारी बनाउनका लागि टोल फ्री नम्बर तत्काल सञ्चालनमा ल्याउने, नीति तथा कार्यक्रमहरुका लागि उपप्रमुखको संयोजकत्वमा टोली निर्माण समेत गरिएको छ । नगरपालिका भित्रका महत्वपूर्ण पूर्वाधारहरु निर्माणका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको नगर उपप्रमुख तप्ता कुमारी थापाले जानकारी दिएकी छन् ।
हामीले चुनाव अघि जनतासँग गरेका सबै बाचाहरु क्रमागत रुपमा पुरा गर्ने तयारी अनुसार नीति, कार्याविधि निर्माण सँगै कार्यान्वयन चरणमा लिने नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
कार्यपालिकामा
एमालेको बहुमत
दैलेखको नारायण नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको एकल वहुमत पुगेको छ । बुधबार सम्पन्न कार्यपालिका निर्वाचनमा एमालेका ८ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको हो ।
बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख एमालेले जितेको नारायणको कार्यपालिकामा एमालेका १७ जना र नेपालि काँग्रेसका ४ जना रहेका छन् । नारायण कार्यपालिकामा समाजवादी र माओवादी शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार