पूर्वाधार कार्यालय अन्र्तगत असारमा सक्नुपर्ने सदरमुकाम भित्रका २५ योजना अलपत्र


जेठ १८, दैलेख
पूर्वाधार कार्यालय मातहत रहि प्रदेश सरकार मार्फत असारमा सम्पन्न गर्नुपर्ने २५ योजनाको काम सुरु हुन सकेको छैन्, योजनालाई एकीकृत गरेर तीन महिना अघि ७ वटा ठेक्का खुलाईएको थियो । ठेक्का सम्झौता भइसकेको छ तर निर्माण कम्पनीहरुले काम सुरु गरेका छैनन्, जनताले विकासका कामहरु छिटो सञ्चालन गर्न माग गरेका छन् । यस्ता बिषयहरुमा पत्रकारले कामको प्रगति के भएको छ, भनेर सोध्न पाउने, जनताले खवरदारी गर्न पाउने अधिकार समेत कार्यालय प्रमुखले कुण्ठित गर्न खोजेको प्रति धमाका दैनिक पत्रिकाले समेत आपत्ती प्रकट गरेको छ । सम्पादक बिष्णु शर्माले भने “विकासे कामहरु समयमै सक्नुपर्ने दायित्व कार्यालयको पनि हो । कार्यालय प्रमुख मुख दर्शक भएर बस्न मिल्दैन्, जनताको सूचनाको अधिकार कुण्ठित गर्न मिल्दैन् ।”
सदरमुकाम दैलेख बजार भित्रको सडक स्तरोन्नती गर्नका लागि ९२ लाखमा ठेक्का स्वीकृति भईसकेको छ, यसको जिम्मेवारी जय दुर्गा एस.एस.ले लिएको छ । तर काम सुरुवात भएको छैन्, त्यस्तै गहतारी ढाकाने सडकमा पनि ३४ लाख रकमको ठेक्का भईसकेको छ, खुर्सानीवारी कुर्सुकोट भिउटावर सडक, काँडाचौर बसपार्क देखि ढुङ्गेखानी सडक, गणेशचौक देखि पंचदेवल, पिउसे कालिमाटी भैसीखोर सडकका लागि ३६ लाखको ठेक्का भएको छ । यसको जिम्मेवारी जय दुर्गेसले लिएको छ । कुइकाना धुलपुर, कोटीला शिरिस्थान सडक, सरस्वती मन्दिर देखि निर्वाचन हुँदै तर्ताङ्ग सडक, बासकोट सालखर्क सडक, खुकुरी मोड हुँदै कुण्ठाखोला सडकका लागि ४१ लाखको ठेक्का भइसकेको छ । यसको जिम्मेवारी जय दुर्गेसले लिएको छ । त्यस्तै प्याकेज ६ अन्तर्गत नारायण मन्दिर, कारागार हुँदै प्रशासन गेट हुँदै तर्ताङ्ग रानीधारा, नयाँगाउँ देखि डोप्का डाँडाखोरिया सडक, प्रशासन गेट देखि तर्ताङ्ग सडकका लागि १९ लाखको ठेक्का भइसकेको छ । कामको जिम्मेवारी ए.वि. महावु कन्टक्सनले लिएको छ । त्यस्तै ठेक्का नं. ५ अन्तर्गत एकान्तकुना शिरिस्थान सडक, देबकोटा चौक हुँदै एकान्तकुना ढुङ्गेखानी सडकका लागि २९ लाखको ठेक्का भइसकेको छ । यसको जिम्मेवारी ए.वि. निर्माण सेवाले लगेको छ ।
कामहरु प्रभावकारी हुनुपर्दछ भनेर स्थानीय सञ्चारकर्मी र आम नागरिकहरुले कुरा उठाउँदा कार्यालय प्रमुखले गैर जिम्मेवारी अभिव्यत्ति दिदै हिडेको र धम्क्याउने काम गरेको नागरिकहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार