‘संस्कारको विकास नभए भौतिक विकासले अर्थ राख्दैन’


जेठ २१, दैलेख
दैलेखको आठविस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडूवालले मानिसमा चेतनाको विकास नभएसम्म भौतिक विकासले अर्थ नराख्ने बताएका छन् । धमाका दैनिकसँग कुरा गर्दै उनले समय अनुसार भौतिक विकासका कामहरू हुँदै गए पनि मानिसको संस्कारमा परिवर्तन नदेखिनु चिन्ताको विषय भएको बताए ।

उनले अगाडिका स्थानीय सरकारले भौतिक विकासमा चासो देखाएका र अबका दिनमा मानिसको सोच, संस्कारको विकास गर्न तर्फ लाग्नुपर्ने देखिएको बताए । ‘परिवर्तन ल्याउन चुनौति छ, सबै काम एकै पटक गर्न सकिदैन्, संस्कारको विकासका लागि केहि कार्यक्रम बनाएर लाग्छौँ’, वडुवालले भने ।
देखावटी विकासले मात्र परिवर्तन हुन नसक्ने भएकाले संस्कार र विचारको विकासमा लाग्ने तयारी गरेको बडुवालको भनाई छ । नगरप्रमुख वडुवालले रोजगारीको सिलसिलामा कामको खोजीमा बाहिरिने युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु आफ्नो पहिलो उद्देश्य रहेको बताए ।

भएका जमिन बाजा हुने, सम्पत्ति यही जमिन हो, यसलाई सदुपयोग गर्न सकिए कामको खोजीमा बाहिर जाने युवाहरुमा कमी ल्याउन सकिने नगरप्रमुख वडुवालले धारणा व्यक्त गरे । उनले जमिन बाझा नराख्न तीनै तहका सरकारले सहयोग गर्नु पर्ने बताए ।

‘नगरपालिकाले जमिन बाझो नराख्ने अभियान लिएको छ, बाझो जमिनमा सामान्य तरकारी खेती, पछिका दिनहरूमा आम्दानी दिन सक्ने बोटबिरुवा लगाउने कार्यक्रम ल्याउने योजनामा नगरपालिका छ, जमिन बाझो नछोड्ने अभियानले आम्दानी जुट्न सक्ने देखेका छौँ’, बडुवालले भने ।

उनले अगाडिको सरकारले गरेका विकासे कामहरूलाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ कामहरूको थालनी गरिने बताए । बडुवालले भने, ‘शिक्षाको विकासका लागि विद्यालयका भवन बनेका छन्, भौतिक संरचना बनेका ठाउँहरूमा शिक्षाको गुणस्तर कस्तो छ ?, कमजोर भएका ठाउँमा कसरी राम्रो बनाउँन सकिन्छ यस्ता विषयमा हाम्रो चासो रहन्छ’, सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा आठविसको विकासमा टेवा पुग्ने उनले बताए । ‘निजी भन्दा सरकारी विद्यालयमा शिक्षाको अवस्था कमजोर देखिन्छ, निजी भन्दा सरकारी स्कुलका शिक्षकले बढी सेवा सुविधा पाउँन्छन्, राज्यले सेवा सुविधा थप्दै जाने गुणस्तर खस्कँदै जानु शिक्षामा गम्भीर विषय देखा परेको छ’, बडुवालले भने ।
उनले आठविस नगरपालिकाको समग्र विकासका लागि सबै पक्षसँग छलफल र समन्वय गर्दै अगाडी बढ्ने बताए । ‘समृद्ध आठविस बनाउनलाई सबैको सहयोग चाहिन्छ, सहयोगका लागि सबैसँग समन्वय गर्न तयार छु, समन्वयका आधारमा काम गर्दै गए भावि दिनमा आउने पीढीका लागि पनि शिक्षाको विषय बन्न सक्छ’, उनले भने ।
नगरप्रमुख बडुवालले स्थानीय तहमा पर्यटनको विकासका लागि योजना बनाएर काम अघि बढाइने बताए ।

पर्यटकीय हिसाबले कर्णालीकमा प्रमुख मानिने रारालाल जाने आन्तरिक तथा वाह्य पर्यटकको प्रवेश द्वार आठविस नगरपालिका भएकाले रारा जाने पर्यटकलाई एक रात यही रोक्न सके यहाँका आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले आठविसमा पर्यटक रोक्नका लागि स्थानीय सरकारले होमस्टे निर्माण, कर्णाली नदिमा ¥याफ्टिङ्ग सेवा लगाएतका पर्यटक आर्कषणका कामहरू सुरु गरिएको बताए ।

यस्तै, नगर प्रमुख बडुवालले स्थानीय तहमा कर्मचारी आउन नमान्नु ठूलो समस्याका रूपमा देखा परेको बताएका छन् । दुर्गम ठाउँमा सुविधा कम हुने भन्दै उच्च तहका कर्मचारी आउन नमान्ने गरेकाले संघीयता पछि बनेका गाउँका सरकारले चाहे अनुसार विकास गर्न नसकेका उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार