निर्माण कम्पनीको बेइमानी एस्टिमेट विपरीत काम


जेठ २२, दैलेख
दैलेखको नारायण नगरपालिका–६ मा निर्माण हुँदै गरेको बसपार्क ढुङ्गेखानी सडकमा नाली निर्माणको काम एस्टिमेट विपरीत भएको पाइएको छ ।
प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेख मातहत निर्माण हुँदै गरेको नाली निर्माणको काम निर्माण कम्पनीले एस्टिमेट विपरीत गरेका पाइएको हो ।
पूर्वाधार कार्यालयका सब–इन्जिनियर राकेश यादवले नाली निर्माणको काम एस्टिमेट विपरीत गरिएको बताएका छन् । उनले एस्टिमेट अनुसार पिसिसि माथि पिसिसि गर्नुपर्ने थियो, फिल्डमा हेर्दा त्यसो नदेखिएको बताए । उनले नाली निर्माणमा सरियाको समेत कम प्रयोग गरिएको बताए ।
एस्टिमेट विपरीत नाली निर्माणको काम ४० मिट बराबर पिसिसि गरिएको छ । सब–इन्जिनियर यादवले एस्टिमेट विपरीत गरिएको काम पुनः गर्न लगाइने बताएका छन् । निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै नाली निमार्णका लागि पिसिसि गरिएको केही भाग समेत भत्काइएको छ ।


नाली निर्माणको जिम्मा दैलेखको जयदुर्गा एसएस निर्माण कम्पनीले लगेको जनाइएको छ । निर्माण लागतका विषयमा बुझ्दा पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले आफूलाई जानकारी नभएको बताए ।
‘आज बिदा छ, कति लागतमा ठेक्का भएको हो, आफू फिल्डमा भएकाले ठ्याक्कै जानकारी छैन, एस्टिमेट विपरीत काम गरिएको भन्ने विषयमा आफूले स्थलगत हेरेर मात्र भन्न सक्छु’, कार्यालय प्रमुख शाहले भने ।
स्थानीयले पूर्वाधार कार्यालयको लापरबाहीका कारण नाली निर्माणको काम गुणस्तरीय हीन गरिएको आरोप लगाएका छन् । एक स्थानीयका अनुसार सम्बन्धित कार्यालयले काम कस्तो भएको छ भन्ने विषयमा बेलैमा चोसो नदेखाउँदा यस्तो अवस्था आएको बताए ।
जयदुर्गा निर्माण कम्पनीका सञ्चालन अशोक थापाले एस्टिमेट विपरीत नाली निर्माणको काम भएको भए प्राविधिकले रोक्नुपर्ने बताए । उनले भने, ‘काम अर्को व्यक्तिले जिम्मा लगेका छन्, कसरी काम भएको छ, साइट हेर्ने प्राविधिकले एस्टिमेट विपरीत भए रोक्नु पर्छ’, ।
यता, नारायण नगरपालिका–६ का वडा अध्यक्ष जनक न्यौपानेले गुणस्तरहीन काम भएको भए तत्काल रोक्न लगाउने बताए । उनले आफूले नाली निर्माणको एस्टिमेट माग्दा समेत नपाएको गुनासाने गरेका छन् ।
‘वडा अध्यक्षले कामको एस्टिमेट माग्दा पाएको छैन, फिल्डमा एस्टिमेट गर्दा एक र काम गर्दा फरक देखिएको छ, उपभोक्ता गुम्राहमा राखेर विकासे काम गर्न नमिल्ने हो, यस विषयमा थप चासो दिन्छु’, उनले भने ।
जयदुर्गा एसएस निर्माण कम्पनीले दैलेख सदरमुकाम भित्रको सडक मर्मत गर्नुपर्ने ठेक्का पाएको भए पनि अहिलेसम्म काम सुरु गरेको छैन् । नारायण नगरपालिका भित्र सडक मर्मतको काम असार मसान्तसम्म सकाउनु पर्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार