प्रहरी प्रमुख शाह पुरस्कृत

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाह पुरस्कृत भएका छन् । जिल्लामा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न दिएको जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी प्रमुख शाहलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ ।
स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गरी समय–समयमा दिएको आदेश निर्देशन तथा शान्ति सुरक्षाको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराई जिल्ला भित्र शान्ति सुरक्षाको प्रत्याभुति दिलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी गराउन फहल गरेको भन्दै शाहलाई जिल्ला सुरक्षा समिति दैलेखले पुरस्कृत गरेको हो ।
उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्याङ्कन गर्दै जिल्ला सुरक्षा समिति दैलेखका प्रमुख प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरी प्रमुख शाहलाई सरकारको अभिलेखमा रहने गरी पुरस्कृत गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेखमा शान्ति सुरक्षा काएमका लागि उल्लेख्य भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार