
दैलेखः दैलेखमा दुई दिने नापतौल सम्बन्धी शिविर सम्पन्न भएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको आयोजना उद्योग वाणिज्यसंघ दैलेखसँगको सहकार्यमा दुई दिने नापतौल सम्बन्धी शिविर सम्पन्न भएको हो ।
दुई दिने शिविरबाट दैलेख बजारका ७५ भन्दा वढी व्यापारीले सेवा लीएका उद्योग वाणिज्यसंघ दैलेखका अध्यक्ष कुल बहादुर बिकले बताए । जिल्लामै शिविर सञ्चालन भएपछि उपकरणको नापतौलका लागि व्यापारीको बाहिर जानु पर्ने समस्या र खर्चको बचत भएको अध्यक्ष विकको भनाई छ ।
उनले पछिका दिनमा अनुगमन गर्दा समस्या देखा नपरुन भनेर जिल्लामा नापतौल सम्बन्धी शिवीर सञ्चालन गरेर सेवा दिएको बताए । अध्यक्ष विकले जिल्ला भरका लागि व्यापारीको माग अनुसार पुनः शिविर सञ्चालन गरिने बताए ।
गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख टोपेन्द्र विकले सरकारी क्षेत्रबाट भई आउने अनुरोध अनुसार विभिन्न पदार्थको परीक्षण पनि विभागले गर्ने बताए । स्थानीय स्तरमै सेवा दिने उद्देश्यले नवीकरणको काम र नयाँ अनुमति पनि वितरण गरिएको विकको भनाई छ ।
जिललामै नापतौल सम्बन्धी शिविर सञ्चालन भएपछि व्यापारिलाई नापतौलका ठूला सामान बोकेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बहादुर थापाले बताए । स्थानीय स्तरमै सेवा दिने उद्देश्यले शिविर संचालन गरेको आगामी दिनमा पनि व्यवसायीहरुको सहजताको लागि जिल्लाका बिभिन्न स्थानीय बजारहरुमा नापतौल सम्बन्धी शिविर संचालन गरिने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ ।










