दैलेखः निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय वढिले सेवा लिएका छन् । विलासपुर आयुर्वेद औषधालय दैलेखले सञ्चालन गरेको तिन दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय २७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख र विलासपुर आयुर्वेद औषधालयको प्राविधिक सहयोगमा नारायण नगरपालिका १ मा सञ्चालन भएको निःशुल्क आयुर्वेद शिविरबाट २ सय ४२, वडा नम्बर ८ बाट ७५ र नारायण ५ बाट २ सय १० जनाले सेवा लिएका कविरा निरीक्षक राजीव कुमार भारतीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा पाइल्सको पहिचान उपचार तथा अन्य सबै रोगहरुको आयुर्वेद पद्धतीद्वारा उपचार गरिएको कविरा निरीक्षक राजीव कुमार भारतीले बताए । शिविरमा प्रदेश आयुर्वेद औषधालय कालागाउँका डा.यादव प्रसाद उपाध्याय, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्याय र कविराज निरीक्षक राजिव कुमार भारतीले सेवा दिइएको जनाइएको छ । यस्तै, अषाढ ३ र ४ गते निःशुल्क पाइल्सको सल्यक्रिया गरिने लिएका कविरा निरीक्षक राजीव कुमार भारतीले जानकारी दिएका छन् ।










