जीर्ण पोल फेर्दै विद्युत् प्राधिकरण

विद्युतीय जोखिम बढेपछि बजार क्षेत्रका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्रमा रहेका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जीर्ण अवस्थामा रहेका सदरमुकामका पोलहरू हटाउने अभियान अन्तर्गत २० वटा जीर्ण पोलहरू हटाएर नयाँ पोल राखिएको जानकारी दिए ।
उनले जीर्ण पोलका कारण विद्युतीय जोखिम बढ्ने र बजार क्षेत्रको सुन्दरतालाई समेत असर गरेपछि आफूले उक्त अभियान सञ्चालन गरेको बताए । उनले भने यो वर्ष बजार क्षेत्रका जीर्ण पोल ,ट्रान्समिटर र तार आवश्यकताका आधारमा हटाउने काम सुरु गरिएको र आउने आर्थिक वर्षबाट जिल्लाभर उक्त अभियान सञ्चालन गरिने छ ।
मुख्य लाइनका होचा तथा जीर्ण तथा गाडीले ठक्कर दिएर ढल्न लागेका विद्युतीय पोल हटाएर लाइनको स्तरोन्नति गरेको पाण्डेले जानकारी दिए । बजारमा रहेका जीर्ण पोल सँगै नाङ्गो तार विस्थापित गरी कालो (कर्वड कन्डक्टर) तार समेत राखिएको विद्युत् वितरण केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार