जिल्ला समन्वय समितिका निर्वाचित जनप्रतिनिधिहरुद्धारा पदभार ग्रहण


दैलेख : जिल्ला समन्वय समिति दैलेखमा निर्वाचित समन्वय प्रमुख नमराज शाही, उपप्रमुख केशवबहादुर शाही लगायत निर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
निर्वतमान समन्वय प्रमुख प्रेम थापाले निर्वाचित प्रमुख उपप्रमुख लगायत सदस्यहरुलाई स्वागत गरेका छन् । भने पदभार ग्रहण गरेका प्रतिनिधिहरुले प्रेम थापाको बिदाई समेत गरेका छन् ।
पदभार ग्रहण गर्दै जिल्ला समन्वय प्रमुख नमराज शाहीले जिल्लाको समग्र विकास गतिविधिहरुमा पालिकाहरुसँग समन्वय कायम गरेर प्रभावकारी कामको थालनी गर्ने बताएका छन् ।
सर्वोच्चमा रिट
यस्तै जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले सर्वेच्चमा रिट दायर गरेका हुन् ।
रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।
दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार