उद्योग वाणिज्य संघद्वारा जनप्रतिनिधिलाई सम्मान

दैलेखः उद्योग वाणिज्य संघ दैलेखले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा निर्वाचित प्रतिनिधिहरुलाई संघले बुधबार एक कार्यक्रम गर्दै सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रति जनप्रतिनिधिहरुले राज्यका तीन खम्बे नीति अनुसार निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै जाने बताए । उनीहरुले देशको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
सम्मान कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकले जिल्लाका व्यापारिका समस्या समाधानका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकासमा टेवा पुग्ने धारणा अध्यक्ष विकले व्यक्त गरेको थिए ।
उद्योग वाणिज्य संघले भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाही उपाध्यक्ष देवी भण्डारी, नौमूले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाही र भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्कालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार