च्याऊ उत्पादक किसानले बुझाए मुख्यमन्त्रीलाई १७ बुँदे माग

दैलेखः कर्णाली च्याउ उत्पादन किसान संघले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई विभिन्न १७ बुदेँ माग राख्दै माग पत्र बुझाएको छ । कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय संघले माग पत्र बुझाएको हो ।
च्याउ किसानहरुले भारतबाट आयातित हुने च्याउ जन्य पदार्थहरु तत्काल देखि बन्द गर्न, किसानलाई एकगढ गराउदै च्याऊ कृषिमा पहुँचवालालाई दिइदै आएको अनुदान प्रवद्र्धन कार्यक्रम रोकी उत्पादनका आधारमा वास्तविक किसानलाई अनुदान वितरण गर्नु पर्ने माग राखिएको छ ।
यस्तै, हाईटेक एवम् अत्याधुनिक च्याउ फार्महरुको विकास र विस्तारको लागि सहजरूपमा कृषि कर्जा तथा उचित अनुदान उपलब्ध गराउन्, सरकारका हरेक कृषि विकास कार्यालयहरूबाट च्याऊ किसानलाई दिने गरेको अनुदानलाई सम्वन्धित प्रदेश च्याऊ किसान संघको सिफारिस गर्नु पर्ने गलाएतका मागहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार