
दैलेखः पत्रकार उदयराज अधिकारी सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट उद्योग वाणिज्य संघ दैलेखलाई सहयोग गरेको भन्दै पत्रकार अधिकारीलाई उद्योग वाणिज्य संघ दैलेखले बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
जिल्लामा विगत दश वर्ष देखि पत्रकारीतामा क्रियाशिल रहेका अधिकारी विषेश गरि सुशासनका विषयमा कलम चलाउँदै आएका छन् । उनी धमाका राष्ट्रिय दैनिक दैलेखका उपसम्पादक, थाहा खवर दैलेख प्रतिनिधि र रेडियो धु्रवतारा एफ.एम. दैलेखका व्यवस्थापन प्रमुख हुन् ।










