एसपिपीमा सामेल नहुने पत्र अमेरिकालाई पठाउँदै सरकार

काठमाण्डौँ : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने जानकारीसहितको पत्र अमेरिकालाई पठाउने भएको छ ।
एसपिपी इन्डोप्यासिफिक स्ट्राटेजीकै अंग भएकाले संसदमा यसको व्यापक विरोध भएपछि यसमा सामेल हुनबाट सरकार पछि हटेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनि अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार