गाउँ–गाउँमा प्रहरीको सचेतना

प्रहरीले दैलेखका सबै स्थानीय तहमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँहरुमा समेत प्रहरीले सचेतनाका विभिन्न कार्यक्रम सुरु गर्दै आएको छ । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गर्दै आएको दैलेख प्रहरीलसँगै विद्यालय गाउँटोलमा लागुऔषधविरुद्ध पनि कार्यक्रमहरु सुरु गरेको हो ।
बिहिवार प्रहरीले डुङ्गेश्वर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, ठाँटीकाँध गाउँपालिका–६ पिपलवोटमा, गुराँस गाउँपालिका–५ गोरानपानी र आठविस नगरपालिका–२ सिगैडीमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुरुपयोगवाट हुने असर र कानुनी प्रावधान सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको जनाएको छ ।
लागुऔषधको बिक्री, वितरण लगाएका विषय समस्याकै रूप लिएपछि प्रहरीले अभियानको सञ्चालन गरेको हो । पछिल्ला दिनहरुमा युवाहरु लागुऔषधमा फस्दै गएको देखिएपछि यसको न्यूनीकरणका लागि विद्यालय स्तरमा लागुऔँषध सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रहरीले जनाएको छ ।
विद्यालय उमेरका बालबालिकाहरूलाई सचेतना जगाउन सके मात्र धेरै समस्यहरू हल हुने प्रहरीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिहरूसँग मिलेर प्रहरीले आफ्नो अभियानलाइ तिव्रता दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।
जुवातास जस्ता समाजमा विकृति फैलाउने कुरालाई समेत निगरानी गरेको प्रहरीले पछिल्लो समय जनपक्षीय काम गर्दै लिएको स्थानीयबासीहरु बताउँछन् । दैलेख प्रहरीका अनुसार हालसम्म १ हजार वढी लागुऔँषध, बालविवाह न्यूनीकरण र छुवाछुत विरुद्ध जनचेताना मुलक कामर्यक्रमहरु गरिएको जनाएको छ ।
‘हालसम्मको अवधिमा १ हजार वढी लागुऔँषध बालविवाह न्यूनीकरण र छुवाछुत विरुद्ध जनचेतना मुलक कार्यक्रमहरु गरेका छौँ, स्थानीय सरकार र स्थानीय नागरिकसँगको सहकार्यमा जिल्लाभरका विद्यालय गाउँ टोलहरुमा बालविवाह, लागु औषध दुव्र्यसनीका विरुद्ध प्रहरीले सचेतना जगाउँने काम गर्दै आएको छ’, प्रहरी प्रमुख शाहले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार