‘रोजगारी मुख्य प्राथमिकतामा’


दैलेख : जिल्लाको महावु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रोजगारीलाई प्राथमिकतामा राखेको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले स्थानीय स्तरमा रोजगारी प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए ।
शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेको महावु गाउँपालिकाले असार २१ गते ४३ करोड ६८ लाख ७३ हजार ९ सय ८१ रुपैयाँको बजेट ल्याउँने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पंगालीले धमाका दैनिकसँग बताए ।
महावुले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, आर्थिक विकास, सुशासन, रोजगारी, उपाध्यक्षसँग सशक्तिकरण र माध्यामिक विद्यालयलाई बहु प्राविधिक विद्यालय बनाउने जस्ता जनमुखी कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका प्रमुख प्रशासकीय अधिकृत पंगालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार