भैरवीको बजेट ४९ करोड

दैलेख : आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाको भैरवी गाउँपालिकाले ४९ करोड ११ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शुक्रवार गरेको ११ औँ बजेट अधिवेशनबाट ४९ करोड ११ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले बताए ।
भैरवीका सात आधारलाई समेटेर आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गरिएको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका जनमुखी कार्यक्रमलाई समेटेर नीति तथा कार्यक्रम पारित गरिएको अधिकृत विकले बताए ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा एक विधा एक छात्रवृति दिने गरि बजेट ल्याएको विकले बताए । ‘एक विधा एक छात्रवृति प्राविधिक धार अन्तर्गत दिने गरि नीति तथा कार्यक्रम आएको छ, यस अघि भैरवीले एक जना स्थानीयलाई एमविविएस पढ्नका लागि एक आर्थिक वर्षमा ५ लाख छात्रवृति दिने गरेको थियो उक्त कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत विकले भने ।
उनले गाउँपालिकाले नागरिकको सहजताका लागि नीति तथा कार्यक्रममा समेटेको बताए । नगर वस सञ्चालनका लागि थप सम्भाव्यता अध्ययन गरी काम अगाडि वढाउँने गरि नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।
भैरवीले पूर्वाधार विकासका, कृषि, स्थानीय स्तरमा रोजगारी लगायतका जनमुखी कार्यक्रमलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम÷बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार