पालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने

दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकाको स्थापना कालदेखिनै सुरु गरेको ‘एक घर, एक धारा’ अभियान पूरा गर्ने जनाएको छ । यस अघिका पाँच वर्षमा ५० प्रतिशत प्रगती हात पारिसकेको भगवतीमाई गाउँपालिकाले यो अभियानलाई सवै वडा र बस्तिसम्म पु¥याउने नीति लिएको हो ।
गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले आर्थिक वर्ष २०७९ ।०८० का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषकहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकण सँगै कृषक अनुदान कार्यक्रम, भूमीकरलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, पालिकाका सबै वडाहरुमा विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान, वडा तथा वस्तिमा विद्युत लाईन विस्तार कार्यलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार विकास, पालिकामा सञ्चालन भएको श्रम रोजगार बैंक कार्यक्रम थप प्रभावकारी बनाउने, सुशासन प्रर्वदनका लागि सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई र सूचनाको हकको प्रत्याभूती गराउने, पालिका भित्र रहेका ६० देखि ६ वर्ष उमेर समूहका पुरुषहरुलाई मासिक रुपमा एक हजार भत्ता प्रदान गर्ने लगायतका नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९÷ ८० का लागि ६० करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आर्थिक, भौतिक र सामाजिक विकास लगायतका विकासहरुमा बजेट बिनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्काले जानकारी दिएकी छन् ।
गाउँपालिकालाई आर्थिक समृद्धितर्फ लैजानका लागि बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र वडास्तरबाट आएका मागका आधारमा बजेट बिनियोजन गरेको खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार