प्रचण्डले एमालेका कार्यकर्ता हेरेर थुक निलिरहनुभएको छ ः रिजाल

दैलेख ः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले एमाले नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहेका बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फूल्ने र फल्ने बताए पछि रिजालले सामाजिक सञ्जाल फेसबुकका जवाफ दिँदै यस्तो बताएका हुन् ।


रिजालले प्रचण्डका अभिव्यक्तिहरूबाट माओवादी पार्टीको कुनै भविष्य छैन भन्नेमा उहाँ आफै स्पष्ट रहेको बताएका छन् । उहाँ चुनावमा कहिले एमालेसँग टाँसिनुहुन्छ, कहिले काँग्रेसको सहारा खोज्नुहुन्छ । रिजालले भनेका छन् ।
रिजालले फेसबुकमा भनेका छन्, ‘एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो । हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो । तपाईँलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ ?,’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार