दैलेख : दैलेख जिल्लाभरका ४३ जना व्यवसायिक कृषि तथा पशुपालक किसानहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । ११ वटै पालिकाबाट छनौट भएका ४२ जना किसान र एक सहकारी पुरस्कृत भएको पशुसेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर बिष्टले जानकारी दिएका छन् ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले मुख्यमन्त्री उत्कृष्ट पुरस्कार अन्तर्गत किसानहरुलाई नगद सहित सम्मान गरेको हो । भैरबी गाउँलिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
किसान प्रोत्साहन अन्तर्गत ३१ जना किसान सम्मानीत भएका छन् । भैसी पालन किसानहरु र मुख्य मन्त्री उत्कृष्ट कृषक पुरस्कार लगायतका बिभिन्न बिद्यामा किसानहरुले गरेको व्यवसायको आधारमा सम्मान गरिएको हो ।









