असारमा मात्र चेत खुल्ने ठेकेदारको प्रवृतिले विकासमा समस्या

  • बैशाखलाई मसान्त बनाउन सुझाव
  • दैलेखको महत्वपूर्ण पर्यटकीय सडक खण्डको निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने पहिलो सम्झौता भएको ५४ महिना बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन् । सुरुवातमै स्टिमेटमा गरिएको कमजोरीका कारण पनि निर्माण कार्यमा केही ढिलो पक्कै भएको हो तर नालि सहितको कालोपत्रे र समस्या भएका केही स्थानहरुमा सरिया सहितको पक्की पिसिसि गर्ने बिषय थपिए सँगै कोरोनाका कारण निर्माण कम्पनीले भनेकै समयमा काम सम्पन्न गर्न नसकेको दावी स्वीकार गर्न सकिएला तर कालोपत्रे गर्ने कार्यमा भने निर्माण कम्पनीको लापरवाही भएको बिषयलाई सम्बन्धित निकायले मध्यनजर गर्नुपर्दछ ।
    कालोपत्रे गर्ने कार्य प्रभावकारी नभएको र बर्षातको समयमा कालोपत्रे गरिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । जनताको बिरोध बढेपछि श्रीस्थान सडकको कामको प्रभावकारीता मापन गर्दै असारका बेलामा सुरु गर्न थालिएको कालोपत्रे सडकको काम रोक्न स्थानीय सरकारले निर्देशन दिएको छ ।
    निर्माण कम्पनीका तारा शाहीले भनिन्, गलत गर्ने नियत हैन्, धार्मिक क्षेत्रमा जाने सडक भएकोले सुरुवातीमै मैले नालि विनाको सडक निर्माण गर्दा एक बर्षपनि सडक नटिक्ने भएकोले नाली बनाउन आफुले समेत सुझाव दिएकी हुँ, पुनः अफ्ठेरो मोडमा आरसिसि ढलान गर्नुपर्ने बिषय उठ्यो, कोरोनाको संक्रमण बढ्यो यस्ता कामले समयमा काम सक्न गाह्रो भएको हो, कालोपत्रे गर्नुभन्दा पहिला प्राईमकोट हालेको २४ घण्टासम्म सवारी साधन चलाउन हुँदैन तर जवरजस्ती सवारी साधन चलाईदिएका कारण समस्या भयो, अर्कोतर्फ बर्षातले केही चुनौती गरेको हो । मैले बिग्रेका स्थानहरुमा तत्काल सुरुवाती प्रक्रियाबाट काम गर्न भनेको छु । दिगोपनामा आफु एकदमै सचेत भएको तारा शाहीको प्रतिक्रिया छ ।

    बैशाखलाई मसान्त बनाउन सुझावबहाना गर्नेको लाईसेन्स खारेज गर्न डरायो नगरपालिका

    मुख्य जिम्मा लिएको कम्पनीले अर्कोलाई पेटीमा ठेक्का बिक्रि गर्ने प्रचलन यो सडकमा मात्र हैन्, गौरवको आयोजनाका रुपमा मानिएको मध्यपहाडी राजमार्गमा समेत पेटी ठेक्काकै कारण सयौं कामदारहरुले अहिलेसम्म रकम पाउन सकेका छैनन् । पूर्वाधार विकास कार्यालय, सुर्खेत सडक डिभिजन लगायत प्रदेश र संघमार्फत भएका ठेक्का प्रक्रियाका कामहरुमा मुख्य ठेकेदारले सहायक र सहायक ठेकेदारले अर्कोलाई बिक्रि गर्ने र पाँचौं पेटी ठेकेदारले काम गर्ने प्रचलन धेरै देखिएको छ । रकमभरी पेटी ठेकेदारहरुले अलि अलि गर्दै सक्ने र कामको गुणस्तर नहुने समस्या जिल्लामा धेरै देखिएको स्थानीयको गुनासो छ ।
    पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का गरिएको दैलेख सदरमुकामको मुख्य बजारमा समेत काम सुरु नभएपछि यो बर्ष आएको १ करोड रकम फ्रिज जाने अवस्था देखिएको छ । निर्माण कम्पनीले बहाना बनाएर काम नगरेको स्थानीयको गुनासो सम्बोधन गर्न न कार्यालयले सकेको न स्थानीय सरकारले नै ।
    नेपालको भौगोलिक समस्यालाई मध्यनजर गरेर आर्थिक वर्षको अन्तिम महिनाका रुपमा बैशाख मसान्तलाई मान्नुपर्ने माग लामो समयदेखि उठेको भएपनि केन्द्र सरकारले यसमा ध्यान दिन सकेको छैन् । असारमा सक्नुपर्ने भन्दै असारको १५ गते केन्द्र सरकारले नै पहुँचका भरमा करोडौं बजेट जिल्ला पठाउने प्रवृती अहिलेपनि कायमै रहेको छ । यस्तो प्रवृती रोख्नुपर्ने स्थानीयको माग छ ।
    दैलेखको नारायण नगरपालिका मार्फत प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माको क्षेत्र विकास कार्यक्रम अन्तर्गत आएको ५ करोड रकमको ठेक्का लिएका निर्माण कम्पनीहरुले भनेअनुसार काम नगरेपछि काँडाचौर देखि भैसेखोर सम्मको सडकले निकास पाउन सकेको छैन् ।
    निर्माणको जिम्मेवारी लिएका कम्पनीहरुलाई कालो सूचिमा राखेर ठेक्का तोड्नुपर्ने कानुनी प्रावधानका बारेमा नरपालिकाले प्रक्रिया अघि बढाउन नसकेका कारण महावु जोड्ने सुरुवाती खण्डमै अवरोध सृजना भएको छ ।
    की काम अगाडी बढाउनुप¥यो की निकास दिनुपर्ने भन्दा पनि निर्माण कम्पनीले लापरवाही गरेको नगरपालिकाका कर्मचारी बताउँछन् । पूर्व नगरप्रमुख रत्नबहादुर खड्काले समेत यो बिषयलाई ताकेता दिएको भन्दै पत्राचार गरेर मात्रै बाहना बनाए, नयाँ निर्वाचित जनप्रतिनिधिहरुले पनि निकास निकाल्ने बिषयमा बारम्बार छलफल र बहस गरेको भएपनि अन्तिम निश्कर्षमा पुग्न सकेको छैन् ।
    स्थानीय सरकार कालो सूचिमा राख्न डराउने, दैलेखको समग्र भविष्य बोकेको सडकको जिम्मेवारी लिएका निर्माण कम्पनीले निकास नदिने भएपछि यो सडक निर्माणमा अवरोध गर्नेहरुको लिष्ट सार्वजनिक गर्ने तयारी भएको एक स्थानीयले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार