दैलेख डिपोबाटै दाल र चामल उपलब्ध

दैलेख ः बढ्दै गएको मंहगीलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा कार्यालय दैलेखले चामल सँगै मास र मसुरो दाल समेत बिक्री सुरु गरेको छ ।
आम नागरिकलाई गुणस्तरयुक्त खाद्य पदार्थ सुपथ मूल्यमा वितरण गर्नका लागि मास र मसुरो दाल समेत डिपोबाटै वितरण भइरहेको निमित्त कार्यालय प्रमुख रविन कुमार रेग्मीले जानकारी दिएका छन् ।
रेग्मीका अनुसार मास दाल प्रति के.जी. १ सय ४५ रुपैयाँ, मसुरो दाल १ सय ६० रुपैयाँ प्रतिकेजी उपलब्ध भएको छ ।
अरुवा मोटो ४६ रुपैयाँ, अरुवा मकवानपुर ४७ रुपैयाँ, स्टिम जिरा मसिनो ६६ रुपैयाँ , प्रति के.जी डिपोबाटै उपलब्ध छ ।
शनिवार बाहेक अन्य सवै दिन डिपो खुल्ला गरेर जनतालाई सेवा प्रदान गरेको, संस्थानमार्फत बिक्री भएका खाद्यान्न सामग्रीहरू पूर्ण रूपमा गुणस्तर मापन भएकोले जनताको स्वास्थ्य र सुलभ दरमा उपलब्ध भएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार