सामुदायिक वन उपभोक्ता महासंघको बिरोध

दैलेखः वन नियमावली खारेजीको माग गर्दै दैलेखमा पनि वन उपभोक्ता महासंघले विरोध जनाएको छ । जिल्ला वन कार्यालय दैलेखको परिषरमै पुगेर सामुदायिक वनका उपभोत्ता र सञ्चालक समितिले संयुक्त रुपमा विरोध जनाएका हुन् । वन नियमावलीमा महिलाको सहभागितालाई उल्लेख नगरिएको, वन उपभोक्ताहरुलाई केवल वन हेरालुको रुपमा मात्र हेरेको, वन पैदावर वस्तुहरुमा उपभोक्ता समितिको अधिकार कटौती गरिएको जस्ता विभिन्न मागहरु राख्दै विरोध गरेको सामुदायिक वन उपभोत्ता महासंघका अध्यक्ष मणिराम शर्माले जानकारी दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघकी पदमा योगीले सामुदायिक वन नियमावलीमा देखिएका समस्याहरुको बारेमा जानकारी गराउँदै समस्या समाधान नभए दैलेखमा पनि कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार