दैलेख : पछिल्ला निहरुमा जथाभावी खनिदै आएका सडकका कारण वन विनास लगायतका प्राकृतिक सम्पदा मासिदै आएको प्रति युवा पुस्ता चिन्तीत देखिन थालेको छन् । कलकारखानाको विकाससँगै वातावरणमा असर पर्न थालेपछि दैलेखका युवाहरु क्लव÷प्रतिष्ठान मार्फत प्रकृतिको संरक्षणमा होमिएका हुन् ।
‘सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखले प्रकृतिको संरक्षणकालागि जिल्लाका विभिन्न मठमन्दीर लगायतका स्थानहरुमा वृक्षारोपण लगायतका कामहरुबाट प्रकृति संरक्ष अभियानलाई निरन्तरता दिएको छ ।
केही महिना अघि जिल्ला अस्पतालको प्राङ्गणबाट सुरु गरिएको अभियानले दैलेखका विभिन्न धार्मिक ऐतिहासिक पुरात्वात्तिक तथा सार्वजनिक स्थानहरुमा सरसफाइ र वृक्षारोपणका कामहरु गर्दै आएको प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीले बताए ।
‘पछिल्ला दिनहरुमा वन जंगल विनास र फोहोर व्यवस्थापन नहुनाले वातावरणमा असर पर्दै गएको छ, जलवायु न्याय र प्रकृति संरक्षणकालागि विभिन्न स्थान्मा रहेका ढुङ्गे धारा मुहान संरक्षण तथा सम्बद्र्धन गदर्लै आएको छ’, अध्यक्ष गीरीले भने ।
अभियानले सरसफाइसँगै वातावरण सन्तुलित राख्नकालागि विभिन्न कामहरु गर्दै आएको उनले बताए । संस्थालाई कुनै सरकारी गैरसरकारी निकाय तथा कुनै व्यक्तिबाट सहयोग प्राप्त नभएको प्रतिष्ठानका युवाहरुले बताएका छन् ।
एक घर दुई बिरुवा हामी आफै कुरुवा, हामी बनाउछांै सहर सफा स्वच्छ नारायण नगर जस्ता नाराहरुका साथ युवाहरु अघि बढेको भएपनि आर्थिक अभावका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताइएको छ ।
प्रतिष्ठान बालबालिकाको क्षेत्रमा, महिला हिंसा यौन हिंसाको विरुद्धमा, यौन तथा प्रजनन् स्वास्थ अधिकारको विषय, समाज रुपान्तरणका लागि विभिन्न सचेतना मुलक कार्यहरु समेत सञ्चालन गर्दै आएको युवाहरुले बताएका छन् ।












