दैलेख : मिति २०८३ भाद्र २४ गते सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखको अध्यक्षमा सुरत केसी सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष सुरत केसी सहित २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको राप्रपा दैलेखले जानकारी दिएको छ ।
नव निर्वाचित केसीले सबै राप्रपामा आबद्धहरुको भावनाअनुसार दैलेखको समग्र विकासमा आफु विगतदेखि नै क्रियाशिल भएको र अँझै जिम्मेवारी पूर्वक काम गर्ने जानकारी दिएका छन् । सबैको विश्वास, सद्भाव र सामुहिक भावना अनुसार पार्टी काममा सक्रिए हुने केसीले बताए । केसीले भने “यश ऐतिहासिक जिम्मेवारीका लागि म र मेरो टिमलाई सर्वसम्मत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने केन्द्रीय नेतृत्व , प्रदेश नेतृत्व ,जिल्लाका अग्रज नेतृत्व, जिल्लाका युवा नेतागण , क्षेत्रीय अध्यक्ष, पालिका तथा वडा तहका सम्पुर्ण अध्यक्षहरु, अधिवेशन प्रतिनिधिज्युहरु भातृ तथा शुभेच्छुक संगठनका साथीहरू,सक्रिय सदस्यज्युहरु , महिला तथा युवा साथीहरू लगायत सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यबाद दिन्छु ।
आगामी दिनहरुमा पनि आम नागरिकको भावना अनुसार दैलेखको विकास, सुशासन र समृद्धिका लागि सबै तह र तप्कासँग सहकार्य गरेर अगाडी बढ्ने छु । ” राष्ट्र र राष्ट्रियताको सवाल अहिलेको महत्वपूर्ण सवाल हो त्यसैले आम सचेत नागरिकहरुले निकै सचेत भएर यो विषयमा गोलबद्ध हुन पनि जिल्लाका सबै नागरिकहरुलाई आग्रह गरेका छन् ।












