पार्टी विभाजन पछि जनसंगठन लगायत तल्ला कमिटीहरूलाई पूर्णता दिँदै आएको एमालेले दैलेखका दुई वटै निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रमा विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ ।
केहिदिन अघि बसेको एमाले कर्णाली प्रदेश कमिटी सचिवालय बैठकले दैलेखमा रहेका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभामा निर्वाचन क्षेत्रमा विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो ।
दैलेखमा रहेका दुई निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नं. १ को ईन्चार्जमा पूर्व जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जिम्मेवारी पाएका छन् । सह–इन्चार्जमा एमाले नेता तेजबहादुर चन्दले जिम्मेवारी पाएका छन् ।
क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा (क) को इन्चार्जमा गुराँस गाउँपालिकाका अध्यक्ष समेत रहेका टोपबहादुर बिसी र सह–इन्चार्जमा एमाले नेता कर्णबहादुर खड्काले जिम्मेवारी पाएका एमाले दैलेख पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले बताए ।
क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा (ख) को इन्चार्जमा नारायण नगरपालिकाका पूर्व मेयर रत्नबहादुर खड्काले जिम्मेवारी पाएका छन् भने सह–इन्चार्ज नटुङ्गिएको पार्टी कार्यालय सचिव उपाध्यायले बताए ।
यस्तै, एमाले क्षेत्र अन्तर्गत क्षेत्र नं. २ को ईन्र्चाजमा ठाँटिकाँध गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता धीर बहादुर शाहीले जिम्मेवारी पाएका छन् भने सह–ईन्चार्जमा हिक्मत विकले जिम्मेवारी पाएका जनाइएको छ ।
क्षेत्र नंं. २ अन्तर्गत प्रदेश सभा (क) को इन्चार्जमा एमाले नेता सर्वराज महतराले जिम्मेवारी पाएका छन् । सह–इन्चार्जको रुद्रबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।
क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा (ख) को इन्चार्जमा आठविस नगरपालिकाका पूर्व मेयर खड्गराज उपाध्यायले जिम्मेवारी पाएका छन् भने सह–ईन्चार्जको जिम्मेवारी हर्कबहादुर शाहीले पाएका एमाले दैलेखले जनाएको छ ।
त्यस्तै, एमाले कर्णाली प्रदेश कमिटीको सचिवालयमा दैलेखका पाँच जना मनोनीत भएका छन् । जिल्ला समन्वय समिति दैलेखका पूर्व प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका मेयर लोमन शर्मा रहेका छन् ।
यस्तै, जिल्ला विकास समितिका पूर्व उप–सभापति सूर्यबहादुर शाही, दुल्लू नगरपालिका दैलेखका पूर्व उपप्रमुख विष्णा थापा र भरत बहादुर शाही गरी पाँच जनालाई कर्णाली प्रदेश कमिटी सचिवालयमा मनोनित गरिएको छ ।










