त्रिभुवन माविका विद्यार्थी जिल्ला प्रथम

दैलेख : दैलेखको सरकारी विद्यालय त्रिभुवन मावि यसपटकको एसइई नतिजामा जिल्ला प्रथम र द्धित्तीय भएको छ । विद्यालयमा अध्ययनरत छात्र टार्जन थापाले ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् भने सोही विद्यालयकै दर्शन बुढाले ३.६४ जिपिए ल्याएर द्धितिए भएका छन् ।
सरकारी विद्यालयबाट जिल्ला प्रथम भएको पहिलो रेकर्ड हो नजिता राम्रो आए पनि जिल्ला प्रथम भएको त्रिउमाविको पनि पहिलो रेकर्ड भएको प्रधानाध्यापक निरक तारामीले जानकारी दिएका छन् ।
सरकारी विद्यालयमा पढाइको गुणस्तर हुँदैन भन्ने गलत हल्ला चिर्न सफल भएको निरक तारामीले जानकारी दिएका छन् । विद्यालयका कुल १ सय ६४ विद्यार्थी मध्ये अधिकांश विद्यार्थीहरू राम्रो जिपिए ल्याएर पास भएको तारामीले बताए । २०७५ सालदेखि विद्यालयले अंग्रेजी माध्यमबाट बढाई सुरु गरे पछिको नजिता भएको विद्यालयको भनाई छ । यसपटकको नतिजामा ३.६ जिपिए ल्याउने २६ जना, ३.२ जिपिए ल्याउने ५५ जना रहेको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयमा पढाइको गुणस्तर कायम गर्नका लागि अंग्रेजी माध्यमाबाट पढाई सञ्चालन गरिएसँगै सबैभन्दा धेरै विद्यार्थीहरूले अफ्ठेरो मान्ने अंग्रेजी र गणित विषयको समस्या समाधान भएको निरक तारामीले बताए । विद्यालय शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले विशेष चासो दिन सकेमा सरकारी विद्यालयले पनि राम्रो नतिजा ल्याउन सक्ने तारामीले बताएका छन् । विद्यालयले विद्यार्थीको चाहना अनुसार विज्ञान, प्राविधिक र साधारण गरेर छुट्टा छुट्टै तीन वटा कक्षा सञ्चालन गरेको छ ।
डाक्टर पढ्ने धोको छ तर आर्थिक छैन
जिल्ला प्रथम भएका टार्जन थापाले डाक्टर पढ्ने चाहना भएको बताएका छन् । बुवा प्रावि विद्यालयमा पढाउनुहुन्छ, तीन भाइलाई पढाउन हम्मे हम्मे भएको छ । आमा मुटुको बिरामी हुनुहुन्छ आमालाई उपचार गरिरहनुपर्छ । आफूलाई स्थानीय, प्रदेश वा संघ सरकारले सहयोग गरिदिएको खण्डमा आईएसिमा राम्रो अङ्क ल्याएर पास हुने र डाक्टर बनेर समाजको सेवा गर्ने चाहना भएको थापाले बताए ।
कक्षा ६ देखि त्रिभुवन माध्यमिक विद्यालयमा पढ्न सुरु गरेका थापा घरदेखि १ घण्टा ३० मिनेट दैनिक हिँडेर विद्यालय आउने गर्दथे । बिहान साँझ गरेर दैनिक ३ घण्टा हिँडेर दुःख गरेर आफूले पढेको र विद्यालयमा आफूलाई शिक्षकहरूले सहयोग गरेका कारण सफल भएको टार्जन थापाले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार