नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दुल्लूमा कार्यरत फिल्ड कर्मचारीहरुले आफुहरुमाथि आक्रमण भएको बताउँदै फिल्डमा काम नगर्ने चेतावनी दिएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले दुल्लू नगरपालिका–५, रिजुपोखराबाट लाइन मर्मत गरी कार्यलय फर्किने क्रममा कृतीखम्बमा आफुहरुमाथि आक्रमण भएको बताउँदै आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै फिल्डमा काम गर्न समस्या भएको बताएका छन् । कर्मचारीहरु कृष्ण बहादुर भण्डारी र आशिष रावल माथि कुटपिट गरिएको र ज्यान मार्ने धम्की दिएको विज्ञप्तीमा उल्लेख छ ।
फिल्डमा काम गर्ने कर्मचारीहरुको उच्च मनोवल कायम गर्न विद्युत प्राधिकरण व्यवस्थापन शाखा, जिल्ला प्रहरी र जिल्ला प्रशासनलाई अनुरोध गर्दै विद्युत प्राधिकरणका विभिन्न संघ, संस्था,यूनियन , परिषद् र सेवा करार कर्मचारीले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।










