पाँचवटा पालिकामा युवा सञ्जाल गठन

दैलेख : कर्णाली प्रदेशका पाँचवटा पालिकामा युवा सञ्जाल गठन गरिएको छ ।
नेपालमा कोभिड पुनस्र्थापना र विकासमा योगदान पु¥याउने उद्देश्य सँगै स्थानीय शासन प्रक्रियामा युवा नेपाली नागरिकहरूको संलग्नतालाई संस्थागत गर्न र सक्षम वातावरण निर्माण गर्न युवा सञ्जाल गठन गरिएको हो ।
दैलेखको गुँरास र डुङ्गेश्वर गाँउपालिका, सुर्खेतको लेकवेशी नगरपालिका र सिम्ता गाँउपालिका, जाजरकोटको भेरी नगरपालिकामा युथ प्यानलहरु गठन गरी युवाहरुको भूमिकाको बिषयमा जानकारी गराईएको छ ।
युथ प्यानलहरुले युवाहरुको सशक्तिकरणका लागी क्षमता बिकास कार्यक्रममा सहभागिता जनाउने, युवा संसद संचालन गर्ने, बार्षिक योजना र्निमाण प्रकृयामा सक्रिय सहभागीता जनाउने, पालिका संग नियमित छलफल गर्ने, युवा संजालहरुमा प्रतिनिधित्व गर्ने र परियोजनाकाका गतिबिधि अवलोकन गर्ने जस्ता बिबिध कार्यहरु गर्ने प्रोयल परियोजनाका प्रादेशिक संयोजक डण्डी राज उपाध्यायले बताए ।
युरोपियन युनियन र हेल्भेटास नेपाल संगको सहकार्यमा महिला सशक्तिकरण मञ्च दैलेखको सहजीकरणमा कार्यक्रमहरु सञ्चालन भएका छन् ।
युवाहरुलाई विकास प्रक्रियामा सहभागि गराउँदै सुशासन र पैरवीका कामहरुमा सहयोगी भूमिका निर्वाह गराउने अभियान अन्तरगत दैलेखको गुँरास गाँउपालिकामा ११ सदस्यीय, डुङ्गेश्वर गाँउपालिकामा ९ सदस्यीय, सुर्खेतको लेकवेशी नगरपालिकामा १५ सदस्यीय, सिम्ता गाँउपालिकामा १३ सदस्यीय र जाजरकोटको भेरी नगरपालिकामा १५ सदस्यीय युथ प्यानल गठन गरीएको छ ।
२०२५ मार्च सम्म सन्चालित गरिने परियोजनामा स्थानीयतहसँग समन्वय गर्दै आफ्नो पालीको समग्र विकासमा युवाहरुको भूमिका प्रभावकारी हुने महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले बताईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार