अनेरास्ववियु दैलेखको अध्यक्षमा दाहाल

दैलेख: दैलेख नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको १२ औँ जिल्ला सम्मेलनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
कमिटिको उपाध्यक्षमा भुपेन्द्र विसी, सचिवमा नरबहादुर कठायत, सह–सचिवमा मुकुन्द थापा, धिरेन्द्र शाही, रविन्द्र दाहाल सर्वसम्मत चयन भएका जनाइएको छ । यस्तै, सम्मेलनले कोषाध्यक्षमा प्रतिमा खड्का लगायत ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार